२३ मंसिर २०८२

दुर्गा मूर्तिमा सामान तस्करी !

१३ आश्विन २०७६, सोमबार १३:१६ मा प्रकाशित

बाँके, १३ असोज  भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान बरामद गरेको हो । दुर्गाको मूर्तिसँगै तस्करी गरिल्याएको सामान सशस्त्रले बरामद गरेपछि तस्करको नयाँ शैलीबारे थाहा भएको हो । दशैँको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइँदै गरेका दुर्गाको मूर्तिमा लुकाई छिपाई सामान तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरीले आइतबार जाँचका क्रममा सामान बरामद गरेको हो । सशस्त्र प्रहरी भन्सार सुरक्षा पोष्टका अनुसार राजश्व छलेर दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरमा घर निर्माणको सामग्रसहित चिनी, डाल्डा घीउ, चामल, तेललगायत सामान बरामद गरिएको हो । बरामद गरेका ती सामानको मूल्य रु नौ लाख ५० हजार रहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश ५

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter