शुक्रबार, २१ बैशाख २०८१

ताम्राकारको ‘अनाम परिधि’ विमोचित

१२ आश्विन २०७६, आईतवार १२:५१ मा प्रकाशित

विराटनगर, १२ असोज  कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गर्नुभएको थियो । सङ्ग्रहमा २१ वटा कथा समावेश छन् । ताम्राकारको यसअघि ‘तुषारापात’, ‘दृश्य–परिदृश्य’ र ‘संवेग’ कथासङ्ग्रह प्रकाशित भइसकेको साहित्यकार मीनकुमार नवोदितले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter