मङ्गलबार, १८ बैशाख २०८१

दुर्घटनामा कमी ल्याउन सन्देशमूलक सडक होर्डिङबोर्ड जडान

१० आश्विन २०७६, शुक्रबार १४:३० मा प्रकाशित

अमरगढी, १० असोज  डडेल्धुरामा ट्राफिक चेतना अभिवृद्धिका लागि डडेल्धुरास्थित भिमदत्त राजमार्गमा ‘सडक र बूडर–जोगबूडा सडकखण्डमा होर्डिङबोर्ड’ जडान गरिएको छ । आलिताल गाउँपालिका डडेल्धुराको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको सौजन्यमा दुई राजमार्गमा १६ वटा सडक होर्डिङबोर्ड जडान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिनुभयो । होर्डिङबोर्डले सडक दुर्घटना न्यूनीकरण हुनुका साथै गाडी चालक तथा यात्रुहरुको ट्राफिक चेतनामा वृद्धि हुने अपेक्षा गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तातरण गरिएको आलिताल गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । अति जोखिमपूर्ण राजमार्ग रहेकाले अलिताल गाउँपालिकाद्वारा उक्त होर्डिङबोर्ड माग गरी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताउनुभयो । डडेल्धुराको भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकासँग पनि होर्डिङबोर्ड जडानका लागि छलफल चलिरहेको उहाँको भनाइ थियो । यसअघि गन्यापधुरा गाउँपालिकाले छ वटा होर्डिङबोर्डमा सन्देशमूलक सूचना समावेश राखिसकेको छ । डडेल्धुराको भीमदत्त राजमार्ग सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको मुख्य राजमार्ग हो भने बूडर–जोगबूडासडकखण्ड डडेल्धुरा जिल्लाको आधा जनसङ्ख्या भएको भित्री मधेश क्षेत्रमा पर्ने सडक हो । भीमदत्त राजमार्ग डोटी, बाजुरा, अछाम र डडेल्धुरा जिल्लाको मुख्य आवतजावत पर्ने राजमार्ग हो । उक्त दुवै राजमार्ग धेरै दुर्घटना हुने राजमार्ग मध्येको हो । उक्त राजमार्गमा सबैको जनचेतनाकालागि गाउँपालिकाको आर्थिक सहयोगमा ट्राफिक चिन्ह होर्डिङबोर्ड राखिएको गाउँपालिका डडेल्धुराका अध्यक्ष गुरुङले बताउनुभयो । भीमदत्त राजमार्ग र बूडर–जोगबुडा सडकखण्डमा गत आर्थिक वर्ष २०७५÷७६ मा दुर्घटनामा परी ३५ ले ज्यान गुमाएका छन् जसमध्ये २७ पुरुष, आठ महिला रहेका छन् । ३३ गम्भीर घाइते र ९६ सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । यस आर्थिक वर्ष २०७६÷७७ साउन र भदौमा दुर्घटनामा परी तीनको मृत्यु भएको छ जसमध्ये पाँच घाइते भएको प्रहरी नायब निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter