मङ्गलबार, १८ बैशाख २०८१

घरवास तालीम

१ आश्विन २०७६, बुधबार १५:२६ मा प्रकाशित

चिप्लेढुङ्गा, १ असोज  घरवास (होमस्ट) ले उपलब्ध गराउने खाना प्राङ्गारिक नभएको बजारीया खानेकुरा नै दिने गरेको, आतिथ्यता पनि नभएको भन्ने गुनासा सुनिएपछि र लायन्स क्लब अफ पोखरा हेरिटेजले होमस्टेसम्बन्धी निःशुल्क तालीम दिन थालेको छ । कास्कीको पुम्दीभुम्दीस्थित कालावाङ घडेरी होमस्टेका २५ सदस्यलाई होमस्टेमा आतिथ्य सत्कारदेखि स्थानीय कृषि उत्पादन, प्राङ्गारिक खानामा आर्कषक साजसज्जाजस्ता विषयमा दुईदिने तालीम दिइएको र सो तालीमलाई अन्य क्षेत्रमा विस्तार गरिने हेरिटेजका अध्यक्ष विजय पौडेलले बताउनुभयो । “हामीसँग सीप छ त्यो हामी बाँडेर अरुलाई पनि आत्मनिर्भर बनाउन चाहान्छौँ । यो अभ्यास हामीले लायन्स क्लब हेरिटेजबाटै शुरुआत गरेका हाँै ।” उहाँले भन्नुभयो । यसअघि कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजको प्राविधिक सहयोगमा आर्थिकरुपमा विपन्न ४० महिलालाई १८ दिनको कुकिङ तालीम दिइएको र केहीलाई क्लबको पहलमा रोजगारसमेत दिलाइएको उहाँको भनाइ थियो । युवालाई स्वदेशमै रोजगार प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा लायन्स क्लबले विभिन्न खालका सीपमूलक तालीम दिँदै आएको क्लबका प्रथम उपाध्यक्ष ओम उपाध्यायले बताउनुभयो । तालीमले हामेस्टेका सदस्य प्रत्यक्ष लाभान्वित भएको कालावाङ सामुदायिक होमस्टे अध्यक्ष एवं बजार व्यवस्थापक रवीन्द्र गुरुङले बताउनुभयो । गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पु¥याएर स्वरोजगार सिर्जना गर्न रु ३० करोड बजेट छुट्याएको छ । गाउँगाउँमा होमस्टे सञ्चालन गर्नका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ३०० होमस्टेलाई रु १० लाखका दरले रकम दिने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter