बिहिबार, २७ बैशाख २०८१

भारततर्फ लैजाँदै गरेको मटर बरामद

३१ भाद्र २०७६, मंगलवार १३:४९ मा प्रकाशित

सप्तरी, ३१ भदौ  हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनियामा प्रहरीले छापा मारी गएराति पहेँलो मटर (केराउ) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश बस्नेतको नेतृत्वमा पुगेको टोलीले छापा मारी ठूलो परिमाणमा मटर बरामद गरेको हो । स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा प्रहरीले छापा मारी लुकाइराखेको एक हजार ७५० किलो मटर बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ । विनोदको घरबाट २५ किलोका ३० बोरा र हरिको घरबाट २५ किलोका ४० बोरा मटर बरामद गरी आवश्यक कारवाहीका लागि आज तिलाठी बेल्ही भन्सार कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो । विनोद र हरि घरबाट फरार रहेकाले पक्राउ पर्न नसकेका बताइएको छ । तेस्रो मुलुकबाट आयात गरिएको पहेँलो मटर भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको बेला बरामद गरिएको प्रहरीको भनाइ छ । (तस्वीर उपलब्ध छ) –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter