शुक्रबार, १६ चैत २०८०

लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने

२७ भाद्र २०७६, शुक्रबार १३:४३ मा प्रकाशित

लुम्बिनी, २७ भदौ    लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बताउनुभयो । लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर हुन लागेको कार्यक्रममा ‘मोफसल’को समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका , समाचारका विषय, लेखन र साहित्य , कलाको विषयमा नेपालमा अग्रज पत्रकार,सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गर्नुको साथै कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter