आइतबार, ३० बैशाख २०८१

हात्तीको बथानले ग¥यो उखुबाली नष्ट

२५ भाद्र २०७६, बुधबार ११:०० मा प्रकाशित

कञ्चनपुर, २५ भदौ  लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो । तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखु बालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष वडायकले बताउनुभयो । “रातभरि हात्तीको बथान उखु बारीमै बस्यो”, उहाँले भन्नुभयो, “मुस्किलले भगाउन सक्यौँ ।” हात्तीको बथान नजिकैको लालझाडी संरक्षित वनतर्फ गएकाले अझै बस्तीमा छिरेर आतंक मच्चाउने चिन्ता रहेको उहाँले बताउनुभयो । हात्तीबाट उखु तथा अन्य बाली जोगाउन स्थानीय बासिन्दा रातभर जाग्रामसमेत बस्न थालेका छन् । प्रत्येक वर्ष धान, मकै र उखु बाली पाक्नै थालेका बेला हात्तीले नेपाली बस्तीमा छिरेर नोक्सानी गर्दै आएका छन् । केही दिनअघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको अर्को हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले लगाएको धान बालीमा नोक्सानी गर्दै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter