आइतबार, ३० बैशाख २०८१

विकट गाउँको विद्यालयमा छात्राबास निर्माण हुने

१३ भाद्र २०७६, शुक्रबार १०:५० मा प्रकाशित

हेटौँडा, १३ भदौ  सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ । राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । खासगरी वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय जनसमुदायको अगुवाइमा काम भइरहेको उहाँले बताउनुभयो । छात्राबास निर्माणमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने अध्यक्ष उहाँकोे भनाइ छ । छात्राबास निर्माणका लागि आवश्यक जग्गा खरीद गर्न वडा नम्बर ६ का वडाध्यक्ष सिंहलाल चेपाङले आफ्नो छ महीना बराबरको वेतनसमेत हस्तान्तरण गर्नुभएको छ । विद्यालयको छात्राबास भवन निर्माणका लागि जग्गा खरीद गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराम चेपाङलाई रकम हस्तान्तरण गर्नुभएको स्थानीय युवा समाजसेवी प्रसान्त चेपाङले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter