Facebook
Twitter
Google Plus
Youtube
  • English
  • اردو
  • العربية

०४ पुष २०८२

  • समाचार
    • मुख्य खबर
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • आर्थिक
    • ब्यापार
    • श्रम तथा रोजगार
  • शिक्षा
  • स्वास्थ्य/जीवनशैली
  • अन्तर्वाता
  • विचार/ब्लग
  • कला/साहित्य
  • खेलकुद
  • धर्म / संस्कृति

अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

– काशीराम शर्मा

१० भाद्र २०७६, मंगलवार १३:०८ मा प्रकाशित

बाँके, १० भदौ

जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि बिरामीको उत्तिकै भीड छ । गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका श्यया भरिएका छन् । गर्मी बढेसँगै यसक्षेत्रका नीजि तथा सरकारी अस्पतालमा पछिल्लो समय यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कनेलगायतका लक्षण देखिन थालेपछि अस्पतालमा बिरामीको भीड लाग्न थालेको छ । भाइरल ज्वरोका बिरामी धेरै रहेका भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको चाप बढेपछि एउटै बेडमा दुई बिरामी राखेर उपचारसमेत गर्नुपरेको छ । “मौसमी ज्वरोको समस्या पनि देखिएको छ, फाट्टफुट्टरूपमा स्क्रब टाइफसको समस्या पनि देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले औषतमा हरेक दिन भेरी अस्पतालमा ४०÷५० भाइरल ज्वरोका बिरामी आउने गरेका छन्, बिरामीको चाप धेरै भएकाले कुनै पनि वार्ड खाली छैन ।” अस्पतालको आकस्मिककक्षमा समेत एउटै श्ययामा दुई÷तीन बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था छ । यी समस्याबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएका उहाँले बताउनुभयो । बिरामीको चाप धेरै भएकै कारण अस्पतालमा बिरामी थपिए भर्ना गरेर राख्न सकिने अवस्था नरहेको अस्पतालले जनाएको छ । श्यया खाली नहुँदा भेरी अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर राख्न पनि समस्या भइरहेको छ । जसले गर्दा आएका बिरामीलाई अन्य निजी अस्पताल पुग्ने गरेका छन् । यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ । भाइरल ज्वरोबाट सबैभन्दा धेरै बालबालिका प्रभावित भएका बाल विशेषज्ञ डा रोमा बोराले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा दैनिक ५० प्रतिशत भाइरल ज्वरोबाट प्रभावित बालबालिका आउने गरेका छन् । बालबालिकामा रुघाखोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या अधिक देखिएको डा बोराले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरल ज्वरोकै कारण बालबालिकामा निमोनिया र स्वाइनफ्लुको खतरा बढ्न सक्ने देखिएको छ ।” अस्पतालमा भर्ना भएर बसेका ८० प्रतिशतभन्दा बढी भाइरल ज्वरोकै बिरामी रहेका डा जीवन शर्मा बताउनुहुन्छ । उहाँका अनुसार शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको सङ्क्रमण उच्च देखिएको छ । खासगरी वर्षाको समयमा पिउने पानीको मुहान दूषित हुने कारणले पनि पानीजन्य ज्वरोका बिरामीको सङ्ख्या पनि उत्तिकै बढेको उहाँको भनाइ छ । “अहिले सिजनलरुपमा भाइरल ज्वरो देखिनु सामान्य मानिसमा पनि असावधानी र ज्वरोसमेत तत्कालै सर्ने भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको छ”, डा शर्माले भन्नुभयो । उहाँका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा बिरामीको सङ्ख्या बढ्दै गएको हो । मौसम परिर्वतन, दुषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका फिजिसियन डा प्रकाश नागले बताउनुभयो । उहाँले बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखापर्ने बताउनुभयो । जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक ३०० बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने चिकित्सकको भनाइ छ । सामान्य अवस्थाभन्दा बिरामीको सङ्ख्या केही बढेको भए पनि भाइरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामी कमै सङ्ख्यामा रहेका भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुपानन्द अधिकारीले बताउनुभयो । “झोलिलो पदार्थको सेवनमा बढी जोड दिने, झुलको प्रयोग गरेर मात्रै सुत्ने, घर वरिपरि सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न शरीर छोप्ने खालका कपडा लगाउने गरेमा रोगबाट बच्न सकिन्छ”, उहाँले भन्नुभयो, “सकभर आफूलाई शङ्का लागेकै भरमा औषधि सेवन गर्नु पनि राम्रो होइन, चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न आग्रह छ ।” गर्मी मौसम शुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेका भए पनि आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकको भनाइ छ । यो रोग श्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश ५

  • दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा
  • भव्य र सभ्य तरिकाले सुरक्षाका बीच कृष्णानगरको लक्ष्मी मूर्ति विसर्जन 
  • कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना
  • खाडिमुल हरमैन शरीफैनको सरपरस्तीमा शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय कुरआन प्रतियोगिता भव्यताका साथ सम्पन्न : कमरुद्दीन रियाजी
  • साउदी अरबको अन्तर्राष्ट्रिय कुरआनी प्रतियोगिताको इतिहासमा पहिलो पटक ४८ वर्षपछि मक्‍्का मुकर्माका उप अमीरले ‘‘मुस्हफे मुर्त्तल’’ को सुरुआत गर्नुभयो : कमरुद्दीन रियाजी
  • मधेसमा खडेरीको प्रभाव घटाउन कृषि बाली परिवर्तन गर्न सुझाव रमेश दुलाल
  • मदरसा नुरुल उलोमको सालाना अन्जुमन (वार्षिक उत्सव) भव्य रुपमा सम्पन्न

केयर फाउणडेशन द्वारा संचालित:

प्रधान सम्पादक

  • फरहान नूर

सम्पादक

  • अनवर अलि शाह मियाँ

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल

विशेष लिंकहरू

  • विज्ञापनको लागि सम्पर्क गर्नुहोस्
  • समाचार वा लेख रचना प्रेषित गर्नुहोस्
Flag Counter
CareKhabar

© 2018 Care Khabar | All Rights Reserved.

  • मुख्य पृष्ठ
  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क