Facebook
Twitter
Google Plus
Youtube
  • English
  • اردو
  • العربية

२० मंसिर २०८२

  • समाचार
    • मुख्य खबर
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • आर्थिक
    • ब्यापार
    • श्रम तथा रोजगार
  • शिक्षा
  • स्वास्थ्य/जीवनशैली
  • अन्तर्वाता
  • विचार/ब्लग
  • कला/साहित्य
  • खेलकुद
  • धर्म / संस्कृति

बैंककमा आसियान बैठक जारी, शहरमा शृङ्खलाबद्ध बम बिस्फोट

१७ श्रावण २०७६, शुक्रबार १२:३५ मा प्रकाशित
बैंकक, १७ साउन, दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्री स्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ समेत सहभागी यस बैठकमा आसियानका सदस्य राष्ट्रका मन्त्रीहरु सहभागी हुनुहुन्छ । कम क्षमताका पछिल्ला बिस्फोटहरुबाट तीन जना घाइते भएका प्रहरीले जनाएको छ । राजनीतिक हिंसाको इतिहासबाट चर्चामा रहेको थाइल्यान्डमा गत मार्चमा सम्पन्न विवादास्पद आम चुनावबाट थाइल्यान्डको जनजीवन अझै नराम्रोसँग विभाजित भएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले बम बिस्फोटका घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आदेश दिनुभएको छ । प्रधानमन्त्रीकी प्रवक्ता नारुमोन पिन्योसिनवातले मुलुकको सुरक्षा व्यवस्थालाई कडा बनाइएको र आम जनतालाई भयभित नहुन आग्रह गर्नुभएको छ । टेबल टेनिस बल आकारका साना बिस्फोटक वस्तु राजधानीका विभिन्न स्थानमा एकै साथ बिस्फोट गराइएका थिए । यी बिस्फोटहरु ठूलो क्षति पु¥याउन नगरिएको बरु सरकार विरुद्ध सांकेतिक विरोध गर्न चाहेको देखिएको छ । राजधानी बैंककको माहानाकोर्न टावरको वरपर बम निस्कृय तुल्याउने उपकरण सहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय सुरक्षा निकायका अनुसार कम्तीमा यस टावरको वरपर तीन वटा बिस्फोट भएका थिए । यी बिस्फोटहरु अमेरिकी विदेशमन्त्री पोम्पेओले आफ्नो मुख्य सम्बोधन गर्नुअघि भएका थिए । विदेशमन्त्री पोम्पेओले थाइल्यान्डले आफूलाई लोकतान्त्रिक पद्धतिमा पुनः स्थापित गरेकामा थाई सरकारको प्रशंसा गर्नुभएको थियो । थाइल्यान्ड सरकारले बम आक्रमणको उद्देश्यमाथि जथाभावी अनुमान नगर्न आग्रह गरेको छ । उपप्रधानमन्त्री प्रवित वोङसुवोनले संवाददाताहरुसँग कुरा गर्दै यस कार्यमा के कति व्यक्ति संलग्न थिए भन्ने अझै थाहा भइनसकेको जानकारी दिनुभयो । थाइल्यान्डले यसअघि अन्तिम पटक सन् २००९ मा आयोजना गरेको आसियानको शिखर बैठक पनि हिंसात्मक विरोध प्रदर्शनका कारण ओझेलमा परेको थियो । त्यसबखत लोकतन्त्र पक्षधर राता कपडा लगाएका प्रदर्शनकारीले स्वतन्त्र चुनावमा माग गर्दै शिखर बैठक आयोजना स्थलका ढोका तोडफोड गरी सभाहलभित्र प्रवेश गरेका थिए । उक्त घटनामा सदस्य मुलुकका नेताहरुलाई थाई सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो । ––
Powered By  Orson Infotech

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

  • खाडिमुल हरमैन शरीफैनको सरपरस्तीमा शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय कुरआन प्रतियोगिता भव्यताका साथ सम्पन्न : कमरुद्दीन रियाजी
  • साउदी अरबको अन्तर्राष्ट्रिय कुरआनी प्रतियोगिताको इतिहासमा पहिलो पटक ४८ वर्षपछि मक्‍्का मुकर्माका उप अमीरले ‘‘मुस्हफे मुर्त्तल’’ को सुरुआत गर्नुभयो : कमरुद्दीन रियाजी
  • मधेसमा खडेरीको प्रभाव घटाउन कृषि बाली परिवर्तन गर्न सुझाव रमेश दुलाल
  • खादिम अल-हरमैन अल-शरीफैन उमरा कार्यक्रम साउदी अरबको एउटा अमूल्य उपहार हो: कमरुद्दीन रियाजी
  • “अमेरिकी राष्ट्रपति द्वारा नेपाल पर आपत्तिजनक टिप्पणी: देशको संप्रभुता र सम्मानमाथि गम्भीर आक्रमण ” माैलाना मशहुद खां नेपाली
  • प्रधानमन्त्री ओलीको टिप्पणीः टिकटक बन्द गर्नेहरु नै आज बोल्न पाउनुपर्छ भनेर उफ्रिरहेका छन्
  • युएई रेड क्रिसेन्टदुआरा नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण

केयर फाउणडेशन द्वारा संचालित:

प्रधान सम्पादक

  • फरहान नूर

सम्पादक

  • अनवर अलि शाह मियाँ

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल

विशेष लिंकहरू

  • विज्ञापनको लागि सम्पर्क गर्नुहोस्
  • समाचार वा लेख रचना प्रेषित गर्नुहोस्
Flag Counter
CareKhabar

© 2018 Care Khabar | All Rights Reserved.

  • मुख्य पृष्ठ
  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क