बिहिबार, ०६ बैशाख २०८१

५६ प्रतिशत रोपाइँ सम्पन्न

९ श्रावण २०७६, बिहीबार १६:३० मा प्रकाशित

विराटनगर, ९ साउन  ,,   प्रदेश नं १ मा अहिलेसम्ममा ५६.७४ प्रतिशत धान रोपाइँ सकिएको छ । साउन महीनाको दास्रो सातासम्ममा प्रदेश नं १ का तराईका जिल्ला सुनसरी, मोरङ र झापामा ८० प्रतिशत र पहाडमा धान रोपाइँ हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सकिएको कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिनुभयो । असार महीनाको तेस्रो सातासम्म देखिएको सुक्खाले रोपाइँ ढिलो भएको र असार अन्तिम सातादेखि भएको लगातारको वर्षाले कृषकले धान रोपाइँलाई तीव्रता दिएका थिए । यस प्रदेशमा तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती हुने गरेकामा अहिलेसम्ममा एक लाख ९३ हजार ३९८ हेक्टर जग्गामा धानको रोपाइँ सकिएको छ ।अहिलेसम्म पहाडी जिल्लामा सबैभन्दा बढी ताप्लेजुङमा ७५ प्रतिशत र तराईका जिल्लामा सबैभन्दा बढी झापामा ७० प्रतिशत रोपाइँ सकिएको जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter