मङ्गलबार, ०४ बैशाख २०८१

डिप बोरिङ बिग्रंदा सिँचाइ अभाव

३ श्रावण २०७६, शुक्रबार ११:५८ मा प्रकाशित

बाँके जिल्लाका विभिन्न स्थानमा रहेका प्रायः सबै डिप बोरिङ अहिले अत्यन्तै जीर्ण अवस्थामा छन् । बीस वर्षअघि जिल्लाका विभिन्न स्थानमा जडान गरिएका १०२ वटा डिप बोरिङमध्ये प्रायः सबै टुटफुट र बिग्रेको अवस्थामा पुगेका छन् । करीब २० वर्षअगाडि डिप बोरिङ सञ्चालन हुँदा यहाँका किसानका खेतमा पानीको कमी थिएन । खेतमा सहजै बालीनाली सिँचाइ हुने गथ्र्यो । डिप बोरिङको उचित सुरक्षा, व्यवस्थापन र समयमा मर्मतसम्भारमा ध्यान नपु¥याउँदा किसानका खेतबारीले फेरि सुख्खा भएका छन् । बाह्रैमास कृषि उत्पादन गर्नका लागि डिप बोरिङ सञ्चालनमा ल्याइएको थियो । क्रमशः डिप बोरिङहरु बिग्रन थाले तर तत्काल मर्मतसम्भारमा ध्यान नदिँदा यस्तो अवस्था आएको खजुरा–२ का किसान लक्ष्मण बस्नेत बताउनुहुन्छ । डिप बोरिङको विकल्पमा आर्थिक अवस्था राम्रो भएका किसानले पानी तान्ने मोटरको प्रयोग गरिरहेका छन् भने नसक्ने किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । सिक्टा सिँचाइ आयोजनाको पानी अभैm कृषकका खेतमा पुग्न सकेको छैन । भरपर्दो सिँचाइको सुविधा नहुँदा यहाँका अधिकांश जमीनमा आकासे पानी र डिप बोरिङबाट मात्र खेती गर्न सकिन्छ । सिँचाइको अभावका कारण खेतीयोग्य भूमि पनि बाँझै राख्नुपर्ने अवस्था रहेको किसानहरु बताउँछन् । डिप बोरिङ मर्मत र सञ्चालनका लागि अहिले पनि सरकारबाट कुनै ठोस योजना लागू भएको छैन । वर्षौंदेखि बन्द अवस्थामा रहेको डिप बोरिङ मर्मत गरेर सञ्चालन गर्नका लागि अरबौँ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अधिकांश डिप बोरिङको महत्वपूर्ण सामग्रीहरु हराएका छन् । नेपालगञ्जस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार त्यसबेला डिप बोरिङ चलाएबापतको विद्युत् प्राधिकरणको बक्यौता रकम पनि तिर्न सकिएको छैन । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा मात्रै रहेका १९ वटा डिप बोरिङमध्ये तीन वटा मात्र सञ्चालनमा छन् । यस क्षेत्रका किसानले सबै डिप बोरिङ सञ्चालन गर्नुपर्ने माग खजुरा गाउँपालिकासमक्ष प्रस्तुत गरेका छन् । बक्यौता नबुझाएसम्म विद्युत् प्राधिकरण विद्युत् जडान गर्ने पक्षमा छैन तर समन्वय गरेमा आवश्यक सहयोग गर्न सकिने नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखा प्रमुख रामदुलार यादवले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले भने नगर क्षेत्रका विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका करीब ३८ वटा डिप बोरिङको मर्मत कार्य अहिले शुरु गरेको छ । “नगरका वडा नं २२ र २४ मा दुई वटा डिप बोरिङ मर्मत गरेर सञ्चालनमा ल्याउन सफल भएका छौँ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । डिप बोरिङ मर्मत गर्न उपमहानगरपालिकाले भारतको बहराइचबाट दक्ष मेकानिकहरु बोलाएर काम शुरु गरेको हो । बोरिङको मर्मत र सञ्चालनका लागि उपमहानगरपालिकाले रु १० लाख बजेटसमेत छुट्याएको छ । मर्मत गर्न लागिएको अधिकांश डिप बोरिङको ट्रान्सफर्मर र महत्वपूर्ण पार्टपुर्जा चोरी भएको अवस्थामा रहेको छ । उपमहानगरपालिकाले डिप बोरिङ मर्मत गरी कृषक समूहलाई हस्तान्तरण गर्ने जनाएको छ । “बाँकेका सबै ‘डिप बोरिङ सञ्चालनमा ल्याउन सकियो भने जिल्लाको कृषिमा सुधार आउँछ”, नगरप्रमुख राणाले भन्नुभयो, “आगामी वर्ष पनि बिग्रेका डिप बोरिङको मर्मत गरी सञ्चालनमा ल्याउन पहल गरिनेछ ।” एउटा डिप बोरिङबाट करीब ३० देखि ४० बिघा जमीनमा सिँचाइ गर्न सकिन्छ । राप्तीसोनारीका ९५ प्रतिशत नागरिक साक्षर बाँकेको राप्तीसोनारी गाउँपालिकाका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएका छन् । कुल नौ वडा रहेको सो गाउँपालिकाकामा १५ देखि ६० वर्ष उमेरका ४५ हजार ६७८ जना साक्षर रहेको अध्यक्ष लाहुराम थारूले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा अभैm दुई हजार ३६९ नागरिक निरक्षर रहेका छन् । उनीहरुका लागि गाउँपालिकाले साक्षरता कक्षा सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष थारूले बताउनुभयो । राप्तीसोनारीसहित बाँकेका चार स्थानीय तह साक्षर स्थानीय तहमा रुपान्तरित भएका छन् । यसअघि कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले आफूलाई साक्षर घोषणा गरिसकेका छन् । अभैm चार स्थानीय तह साक्षर हुन भने बाँकी रहेका छन् । “गत फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम थियो । स्थानीय तहको ढिलाइका कारण समय पर धकेलिएको हो”, शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले भन्नुभयो । विसं २०६८ को जनगणनाअनुसार बाँकेमा ६३ प्रतिशत साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनैपर्छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter