०४ पुष २०८२

करेन्ट लागेर मृत्यु

२२ असार २०७६, आईतवार १५:१७ मा प्रकाशित

दोलखाको गौरीशङ्कर गाउँपालिकामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ भने तीन जना घाइते भएको छन् । गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर ज्यान गएको हो भने उहाँसँगै कोदो रोपिरहेका सो गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरुङ, ४३ वर्षीया सानुमाया तामाङ र २७ वर्षिय जट्ट तामाङ सामान्य घाइते छन् । आफैँले अधिया कमाएको बारीमा कोदो रोप्ने क्रममा कोदालोले बारी खन्दा छेउैमा रहेको विद्युत्कोे पोलबाट प्रवाह भएको करेन्ट लागेर तामाङको घट्नास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनजित तमाङले जानकारी दिनुभयो । मृतक तामाङको शव अहिले घट्नास्थलमै रहेको छ । विद्युत् प्राधिकरणको लापरवाहीले घट्ना घटेको स्थानीयवासीले बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter