आइतबार, २३ बैशाख २०८१

पुराना प्रजातिका धान लोप हँुदैै

१६ असार २०७६, सोमबार १५:०७ मा प्रकाशित

सिरहा, असार १६ गते    ,,   तराई मधेशमा भोजभतेर,चाडपर्व र पाहुनालाई सम्मान स्वरुप अहिले पनि चननचुर, बास्मती, करियाकामत, नाजिर र कनकजीर चामलको भात खुवाउने प्रचलन कायमै भए पनि उचित संरक्षणको आभावमा यी जातका धानहरु लोप हुने अवस्थामा पुगेका छन् । अठार वर्षअधि मिथिला समाजमा त्यसरी स्वागत सत्कारका लागि आफ्नै उत्पादन प्रयोग गरिन्थ्यो तर अहिले विदेशबाट आयतित चामल प्रयोग गर्ने गरिन्छ । जल उपभोक्ता समिति सप्तरी हरिपुर–३ का अध्यक्ष शिवप्रसाद चौधरी आयातित चामल नै बढी उपभोग हुने गरेको बताउनुुहुन्छ । उहाँका अनुसार विगत १७ वर्षयता लोप हुने धानको जातमा हरिकिरण, करियाकामत, बास्मती, घुसरी, चननचुर, गहुमा, नाजिर, कनकजिर र भाल्सरलगायत छन् । खॉदा स्वादिलो, बास्नायुक्त र स्वास्थ्यवद्र्धक मानिने यी प्रजातिका धान लोप हुनाका प्रमुख कारणमा यिनीहरुको उत्पादन क्षमतामा नै कमी रहेको उहॉको कथन छ । लहान नगर पालिका –२३ गाढाका किसान प्रमेश्वर साह भन्नुहुन्छ, ‘‘पुराना जातका जस्तो स्वादिलो अहिलेका जातमा छैनन् तर पनि के गर्नु वर्षभरि खानका लागि पुग्नु त प¥यो । ’’ यी प्रजातिका धानहरु लोप हुनाको प्रमुख कारण कम उत्पादन हुने, लामो समय लाग्ने, पानी प्रशस्त मात्रामा चाहिने बढी मल प्रयोग गर्नुपर्ने कारणले यस्ता धान लोप हुने अवस्थामा पुगेको किसान साह बताउनुहुन्छ । चाडबाड र प्रथा बचाइराख्नका लागि भए पनि सीमित वर्गका किसानले थोरै जमीनमा पुरानै जातका धानलाई निरन्तरता दिएको भेटिन्छ । सिरहा पडरियाका कृषक ननुलाल चौधरीले आफ्नो परिवारलाई पुग्ने गरी खेतमा बास्मती, करियाकामत धानको बिउ लगाउनुभएको छ भने अन्य बाँकी जमीनमा बढी उत्पादन दिने मन्सुली, कान्छी मन्सुली र राधा धानको बिउ रोप्नुभएको छ । ननुलालको कथन छ परिवर्तित समयस‘गै लोपोन्मुख यी प्रजातिका धान अध्ययन अनुसन्धान गरी विकसित गर्दै लगेमा फेरी उत्पादन गर्न सकिन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter