०६ पुष २०८२

महिला फुटबल–वालिङ नगरपालिका सेमिफाइनलमा

२ असार २०७६, सोमबार १२:४६ मा प्रकाशित

काठमाडौँ, २ असार  ,,  स्याङ्जाको वालिङ नगरपालिकाले बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा वालिङ नगरपालिकाले बाँसगढी नगरपालिका गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै वालिङ नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बन्न सफल भयो । समूह ए मा रहेको वालिङले दुई खेलमा जित र एक बराबरीसहित सात अङ्क जोडेको छ भने सोही समूहमा रहेको बाँसगढीको ५ अङ्क । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन् । लिग कम नकआउटका आधारमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् । त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले रु ५० हजार, सर्वोकृष्ट खेलाडीले रु २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु १० हजार पाउनेछन् ।

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter