सिञ्जा, २८ जेठ ,, कनकासुन्दरी गाउँपालिका ४,५,६, वडाका पाँच हजार मुरी धान खेतीमा प्रयोग हुने पानी कुलो बन्द भएकामा ढडारो मस्टोका धामी मुक्तिप्रसाद उपाध्यायले रु एक लाख सहयोग गरेपछि पुनः सञ्चालनमा आएको छ । स्थानीय सरकार र त्यहाँका अगुवाले मार्सी धान रोप्ने याम जाने बेलासम्म पनि कुलो नबनाउँदा आफूलाई असह्य भएकाले आर्थिक सहयोग गरी कुलो सञ्चालनमा ल्याइएको समाजसेवी पनि रहनुभएका उपाध्यायले बताउनुभयो । सिञ्जाकै अन्तिम राजा सोनम शाहीका नामबाट चिनिने सो कुलो चलेपछि स्थानीय महिला एवं कृषक खुशी छन् । यसैबीच कनकासुन्दरी ३ मा बुडुमस्टोको मन्दिर शिलान्यास गरिएको छ । वडाध्यक्ष मुनवीर बुढा र बुडुमस्टोका मूल धामी चुथे बुढाको रोहवरमा मन्दिरको शिलान्यास गरिएको स्थानीयवासी कालीबहादुर बुढाले जानकारी दिनुभयो । मन्दिर निमार्णका लागि कर्णाली प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको बताइएको छ । पुरानो मन्दिर नवनिर्माणका लागि स्थानीयवासीले पहल गरेका हुन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू