०८ चैत २०८२

पार्टीको राष्ट्रिय जागरण अभियान सफल ः डा महत

२६ जेष्ठ २०७६, आईतवार १६:२९ मा प्रकाशित

पोखरा, २६ जेठ  ,,  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर एवं गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । नेता महतले यस जागरणको माध्यमबाट पार्टीको आदर्श, सिद्धान्त र उपलब्धिको विषयमा जनतालाई सुसूचित गराउँदै पार्टीलाई सशक्त र बलियो बनाउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो । नेपाली काङ्ग्रेसलाई एकताबद्ध हुनुपर्ने र व्यक्तिवादी चरित्रलाई हतोत्साहित गरी सङ्गठनलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उहाँले वाइड बडीलगायतका भ्रष्टाचारका काण्डमा संवैधानिक निकायबाट सुक्ष्म ढङ्गले छानबिन हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारद्वारा सोधिएको जिज्ञासामा उहाँले दुई अङ्कको वार्षिक वृद्धि दरमा पुग्नका लागि विदेशी र स्वदेशीको लगानीमा वृद्धि हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा त्यसो नभई वैदेशिक लगानी घटेकाले सो लक्ष्य पूरा गर्न सरकारलाई कठिनाइ हुने सम्भावना रहेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter