Facebook
Twitter
Google Plus
Youtube
  • English
  • اردو
  • العربية

०५ पुष २०८२

  • समाचार
    • मुख्य खबर
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • आर्थिक
    • ब्यापार
    • श्रम तथा रोजगार
  • शिक्षा
  • स्वास्थ्य/जीवनशैली
  • अन्तर्वाता
  • विचार/ब्लग
  • कला/साहित्य
  • खेलकुद
  • धर्म / संस्कृति

अवैध ढुङ्गा उत्खननले चुरे दोहन बढ्यो

२५ बैशाख २०७६, बुधबार १३:४६ मा प्रकाशित
बाँके, २५ वैशाख ,, बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रतिनिधि र स्थानीय प्रशासनसँगको मिलेमतोमा अवैध ढुङ्गा प्रयोग गरिरहेको स्थानीयवासीको भनाइ छ । मण्डपवा सामुदायिक वनक्षेत्रमा पर्ने चुरे पहाडबाट दैनिक करीब ३० ट्र्याक्टरको ट्रलीमा ढुङ्गा उत्खनन भइरहेको स्थानीयवासीले जानकारी दिएका छन् । एक ट्रलीमा करीब चार घनमिटरसम्म ढुङ्गा ढुवानी हुँदै आएको छ । ठेकेदारले एक घनमिटरको अधिकतम रु एक हजार ५०० सम्म ट्र्याक्टर धनीलाई दिने गरेका छन् । जबकि अनुमतिप्राप्त मुगुवाखोलाबाट ढुङ्गा उठाउने हो भने एक घनमिटरको कम्तीमा रु चार हजारसम्म पर्न आउँछ । यसरी अवैधरूपमा ढुङ्गा उत्खनन भइरहँदा एकातिर वातावरणीय विनास भइरहेको छ भने अर्कोतिर तिर्नुपर्ने कर पनि छली भइरहेको छ । खल्लाझगडीयादेखि पिप्रहवासम्म राप्ती नदीमा बनिरहेको तटबन्धमा प्रयोग भएका र भइरहेको सबै ढुङ्गा चुरेबाट अवैधरुपमा उत्खनन गरिएको हो । आफ्नो वडामा पर्ने वनक्षेत्रबाट भइरहेको अवैध उत्खनन रोक्न पहल गरे पनि रोक्न नसकिएको वडा नं ७ का अध्यक्ष रामलखन थारूले बताउनुभयो । “सबैतिरको मिलेमतोका कारण ढुङ्गाको अवैध उत्खनन रोक्न सकिएको छैन”, उहाँले भन्नुभयो । वडाध्यक्ष थारूले जिल्ला वन कार्यालय, स्थानीय प्रशासन, सामुदायिक वनलगायतको मिलेमतोमा अवैधरुपमा ढुङ्गा उत्खनन भइरहेको बताउननुभयो । उहाँले भन्नुभयो, “मैले रोक्न खोज्दा सबैतिर सेटिङ मिलेको थाहा भयो । म एक्लैले गरेर नहुने देखियो”, वडाध्यक्ष थारूले अवैध काम हुन नदिउँभन्दा कतिपयले विकासविरोधी भनेर उल्टो आरोप लगाएको गुनासो गर्नुभयो । उहाँले गाउँपालिकाले पनि अवैध ढुङ्गा उत्खनन रोक्न साथ नदिँदा समस्या भएको बताउनुभयो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले वडा कार्यालयको सिफारिश ल्याएमा आफूले ढुङ्गा उत्खननको अनुमति दिने बताएपछि अवैध ढुङ्गा उत्खननमा सक्रिय गिरोहले निरन्तर दबाब दिइरहेको वडाध्यक्ष थारूको भनाइ छ । “राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत चुरे बचाऊ अभियान चलेको छ । हामीले ढुङ्गा उत्खननको अनुमति दिनै मिल्दैन”, वडाध्यक्ष थारूले भन्नुभयो, “तर वन समितिका पदाधिकारी र राजनीतिक नेतृत्वले ढुङ्गा उत्खननका लागि अनावश्यक दबाब दिइरहेका छन् ।” मण्डपवा सामुदायिक वनका अध्यक्ष हनिफ खाँले सबैतिर सेटिङ मिलाइसकेको भन्दै विरोध गर्ने स्थानीय र जनप्रतिनिधिलाई उल्टै हप्काउने गरेका वडाध्यक्ष थारूको गुनासो छ । अध्यक्ष खाँले आफूले प्रहरी र वन कर्मचारीलाई रु पाँच लाख दिएर सेटिङ मिलाएको हाकाहाकी भन्ने गरेको पनि गाउँलेको भनाइ छ । राप्ती नदीमा तटबन्ध निर्माण गरिरहेको ठेकेदार कम्पनी कुमार श्रेष्ठ निर्माण सेवाले मण्डपवा सामुदायिक वन उपभोक्ता समितिलाई नगद दिने र अवैध उत्खनन गरिएका ढुङ्गा तटबन्धमा प्रयोग गर्ने सहमतिअनुसार नै चुरे उत्खनन भइरहेको गाउँलेको भनाइ छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

  • दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा
  • भव्य र सभ्य तरिकाले सुरक्षाका बीच कृष्णानगरको लक्ष्मी मूर्ति विसर्जन 
  • कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना
  • खाडिमुल हरमैन शरीफैनको सरपरस्तीमा शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय कुरआन प्रतियोगिता भव्यताका साथ सम्पन्न : कमरुद्दीन रियाजी
  • साउदी अरबको अन्तर्राष्ट्रिय कुरआनी प्रतियोगिताको इतिहासमा पहिलो पटक ४८ वर्षपछि मक्‍्का मुकर्माका उप अमीरले ‘‘मुस्हफे मुर्त्तल’’ को सुरुआत गर्नुभयो : कमरुद्दीन रियाजी
  • मधेसमा खडेरीको प्रभाव घटाउन कृषि बाली परिवर्तन गर्न सुझाव रमेश दुलाल
  • राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

केयर फाउणडेशन द्वारा संचालित:

प्रधान सम्पादक

  • फरहान नूर

सम्पादक

  • अनवर अलि शाह मियाँ

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल

विशेष लिंकहरू

  • विज्ञापनको लागि सम्पर्क गर्नुहोस्
  • समाचार वा लेख रचना प्रेषित गर्नुहोस्
Flag Counter
CareKhabar

© 2018 Care Khabar | All Rights Reserved.

  • मुख्य पृष्ठ
  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क