बुधबार, ०२ जेठ २०८१

बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

२५ बैशाख २०७६, बुधबार १३:४२ मा प्रकाशित

काठमाडौँ, २५ वैशाख ,, बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेले रु १५ हजार, तेस्रोले रु सात हजार ५०० र चौथो हुनेले रु तीन हजार ५०० प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको स्पर्धामा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु पाँच हजार, तेस्रोले रु दुई हजार ५०० र चौथो हुनेले रु एक हजार प्राप्त गर्ने मानन्धरले जानकारी दिनुभयो । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter