०७ पुष २०८२

टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

१९ बैशाख २०७६, बिहीबार १२:१६ मा प्रकाशित

रुपन्देही, १९ वैशाख  ,,  बुटवल पाखापानीमा आज भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिनुभयो । दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ६२३३ नंको टिपरले पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु४५प ७२३४ नंको स्कुटरलाई पाखापानीको मनकामना मन्दिर नजिकै ठक्कर दिदाँ सो दुर्घटना भएको थियो । टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter