०७ पुष २०८२

बाघको आहारा प्रजातिको अनुगमन

१५ बैशाख २०७६, आईतवार १३:१६ मा प्रकाशित

चितवन, १५ वैशाख ,, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन अनुगमन गर्न लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने (ट्रान्जिट लाइन÷डिस्टेन्स स्याम्पलीङ म्याथर्ड) बाट अनुगमन गरिँदैछ । निकुञ्जलाई चार भागमा विभाजन गरेर छ वटा समूह बनाएर अनुगमन गरिने घिमिरेले बताउनुभयो ।

खगेन्द्र मल्ली र कसरा क्षेत्रमा दुई÷दुई समूह परिचालन गरिँदै छ भने सौराहा र अमलटाँरीमा एक÷एक समूह परिचालन गरिँदै छ । एउटा समूहमा हात्तीसहित छ जना परिचालन हुने उहाँले बताउनुभयो । १५ देखि २० दिन लगाएर निकुञ्ज पूरैलाई समेट्ने गरी अनुगमन गरिँदैछ । घिमिरेका अनुसार निकुञ्जको नक्सालाई विभाजन गरेर सबै ठाउँमा टोली पुग्ने गरी अनुगमन गर्ने तयारी गरिएको छ ।

यसबाट कति क्षेत्रफलमा बाघको आहारा के कति छ भन्ने बारेमा यकिन जानकारी लिन सकिने अपेक्षा गरिएको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका छन् । घिमिरेका अनुसार एउटा बाघलाई एक वर्षमा ५० वटा जनावर आवश्यक पर्ने गर्दछ ।

उहाँले निकुञ्जको पूरै क्षेत्रफलमा बाघका आहारा प्रजातिको घनत्व पत्ता लगाई आवश्यक सुधारका काम गर्न सकिने बताउनुभयो । बाघको आहारा प्रजाति हाल कति रहेको छ र वार्षिक कति बढ्नसक्छ त्यसको आँकलन पनि यस अनुगमनबाट गर्न सकिनेछ ।

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter