Facebook
Twitter
Google Plus
Youtube
  • English
  • اردو
  • العربية

०४ पुष २०८२

  • समाचार
    • मुख्य खबर
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • आर्थिक
    • ब्यापार
    • श्रम तथा रोजगार
  • शिक्षा
  • स्वास्थ्य/जीवनशैली
  • अन्तर्वाता
  • विचार/ब्लग
  • कला/साहित्य
  • खेलकुद
  • धर्म / संस्कृति

महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित

– गोपालप्रसाद बराल

२८ चैत्र २०७५, बिहीबार १०:५५ मा प्रकाशित
बर्दिवास, २८ चैत ,, महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २१८ सङ्क्रमित भेटिएको जनाएको छ ।
यसैगरी नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाले सन् २०१२ को अन्त्यसम्म ४९ र यसै वर्ष (विसं २०७५) गत अक्टुबरमा रक्तपरीक्षणबाट थप एक सङ्क्रमित पाइएपछि यो सङ्ख्या ५० पुगेको परियोजना प्रमुख धीरज पौडेलले जानकारी दिनुभयो । सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका भए पनि त्यस अवधिमा सङ्क्रमित नपाइएको परियोजनाले जनाएको छ । जलेश्वर अस्पतालमा भने चालू आर्थिक वर्ष २०७५÷७६ को गत साउनयता हालसम्म रक्तपरीक्षण गर्न आएकामध्ये १९ सङ्क्रमित पाइएको जनाएको छ ।
अस्पतालमा कूल सङ्क्रमितमध्ये ११६ महिला, ८५ पुरुष र तीन तेस्रो लिङ्गी रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा राजीवकुमार झाले जानकारी दिनुभयो । उक्त सङ्ख्याभित्र १२ वर्षमुनिका १४ बालबालिका रहेको अस्पतालले जनाएको छ । त्यसैगरी परियोजनामा भेटिएका ५० सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । दुवै ठाउँको सङ्क्रमित सङ्ख्या जोड्दा महिला १३५ र पुरुष ११६ देखिन्छ । जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । हालसम्म आफ्नो प्रयोगशालाको परीक्षणबाट सङ्क्रमित पाइएका ३१ पुरुष सबै वैदेशिक रोजगारबाट फर्केका पाइएको परियोजनाले जनाएको छ ।
त्यस्तै सङ्क्रमित १९ महिलामध्ये छ सङ्क्रमित पुरुष (पति) का पत्नी रहेका परियोजनाले जनाएको छ । त्यसैगरी जलेश्वर अस्पतालमा पनि वैदेशिक रोजगारबाट फर्केका पुरुष नै सङ्क्रमितमध्ये ८० प्रतिशत रहेको डा झाको भनाइ छ । जिल्लामा कूल सङ्क्रमित सङ्ख्यामध्येका १९ बालबालिका भने गर्भैदेखि सङ्क्रमित भेट्टाइएको अस्पताल र परियोजनाको तथ्याङ्कमा उल्लेख छ । पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य संस्था, स्वयंंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग बढेसँगै एचआइभी सङ्क्रमण घटेको परियोजनाको ठम्याइ छ । यता जलेश्वर अस्पतालले भने सङ्क्रमित हुने क्रम खासै नघटेको जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सङ्क्रमितले सुरक्षित यौन सम्बन्ध बढाएका र दक्षिणी क्षेत्रमा त्यसमा असावधानी हुँदा एउटै जिल्लामा पनि क्षेत्रगत सङ्क्रमित वृद्धिदर फरक परेको स्वास्थ्यकर्मी बताइएको छ ।
जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको दुवै रक्त परीक्षण केन्द्रले जनाएका छन् । विदेश जानेमा पाइएको सङ्क्रमण पनि भारत र मलेशियाबाट फर्केकाहरूमा बढी पाइएको परियोजनाले जनाएको छ । यसैबीच स्वास्थ्यक्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेहरूलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्य पक्षसँग माग गरेका छन् । –––

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

  • खाडिमुल हरमैन शरीफैनको सरपरस्तीमा शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय कुरआन प्रतियोगिता भव्यताका साथ सम्पन्न : कमरुद्दीन रियाजी
  • साउदी अरबको अन्तर्राष्ट्रिय कुरआनी प्रतियोगिताको इतिहासमा पहिलो पटक ४८ वर्षपछि मक्‍्का मुकर्माका उप अमीरले ‘‘मुस्हफे मुर्त्तल’’ को सुरुआत गर्नुभयो : कमरुद्दीन रियाजी
  • मधेसमा खडेरीको प्रभाव घटाउन कृषि बाली परिवर्तन गर्न सुझाव रमेश दुलाल
  • राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ
  • कुलमान समर्थक र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल
  • खादिम अल-हरमैन अल-शरीफैन उमरा कार्यक्रम साउदी अरबको एउटा अमूल्य उपहार हो: कमरुद्दीन रियाजी
  • “अमेरिकी राष्ट्रपति द्वारा नेपाल पर आपत्तिजनक टिप्पणी: देशको संप्रभुता र सम्मानमाथि गम्भीर आक्रमण ” माैलाना मशहुद खां नेपाली

केयर फाउणडेशन द्वारा संचालित:

प्रधान सम्पादक

  • फरहान नूर

सम्पादक

  • अनवर अलि शाह मियाँ

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल

विशेष लिंकहरू

  • विज्ञापनको लागि सम्पर्क गर्नुहोस्
  • समाचार वा लेख रचना प्रेषित गर्नुहोस्
Flag Counter
CareKhabar

© 2018 Care Khabar | All Rights Reserved.

  • मुख्य पृष्ठ
  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क