Facebook
Twitter
Google Plus
Youtube
  • English
  • اردو
  • العربية

०७ चैत २०८२

  • समाचार
    • मुख्य खबर
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • आर्थिक
    • ब्यापार
    • श्रम तथा रोजगार
  • शिक्षा
  • स्वास्थ्य/जीवनशैली
  • अन्तर्वाता
  • विचार/ब्लग
  • कला/साहित्य
  • खेलकुद
  • धर्म / संस्कृति

भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी

२८ चैत्र २०७५, बिहीबार १०:१४ मा प्रकाशित
रसुवा, २८ चैत ,, भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा जनजीविका नचल्ने एककोठे घरसमेत निर्माण हुँदै गरेको पाइएको र कतिपय आवासमा शौचालयसमेत निर्माण नहँुदा वातावरणमा समेत नकारात्मक असर पर्ने देखिएको ट्रान्सपरेन्सीले जानकारी दिएको छ ।
रसुवा जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा सरकारी अनुदानबाट निर्माण भएको निजी आवासमा शौचालयको व्यवस्था हुनुपर्ने भए पनि गाउँगाउँमा खटिएका प्राविधिकले जागरण नल्याउँदा शौचालय निर्माण हुन नसकेको सो अवसरमा जानकारी गराइएको थियो । विसं २०७२ को भूकम्पबाट घर क्षति भई बसोबासको व्यवस्था नभएका प्रत्येक परिवारलाई सुरक्षित स्थानमा आवास निर्माण गर्ने सरकारको पवित्र नीति भए पनि कार्यान्वयन गर्ने निकायले ठूला–ठूला पक्की भएका तर भूकम्पले क्षति नभएका पक्की घरधनीलाई समेत आसपासमा एककोठे छाप्रो बनाउन स्वीकृति दिँदा अनुदानको सही सदुपयोग हुन नसकेको ट्रान्सपरेन्सीले जनाएको छ ।
राज्यले जारी गरेको नीतिनियमका अधीनमा रही आफ्नो संस्थाले अनियमिताविरुद्व अध्ययन गरी सरोकारवालालाई सुधार गर्न आग्रह गर्ने बताउँदै उक्त संस्थाका जिल्ला संयोजक विकास आचार्यले कमीकमजोरीका विषयमा आफ्नो केन्द्रीय निकायमार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष छलफल गरिरहेको बताउनुभयो । यस्तै भत्ताको नाममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला एकाइका कर्मचारीले ठूलो परिमाणको रकम खर्च गरेको जनगुनासोलाई मध्यनजर राख्दै खर्चको विवरण माग गर्ने तयारी भइरहेको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

  • बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने
  • विश्वस्तरीय सम्मान: नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित
  • खाडिमुल हरमैन शरीफैनको सरपरस्तीमा शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय कुरआन प्रतियोगिता भव्यताका साथ सम्पन्न : कमरुद्दीन रियाजी
  • साउदी अरबको अन्तर्राष्ट्रिय कुरआनी प्रतियोगिताको इतिहासमा पहिलो पटक ४८ वर्षपछि मक्‍्का मुकर्माका उप अमीरले ‘‘मुस्हफे मुर्त्तल’’ को सुरुआत गर्नुभयो : कमरुद्दीन रियाजी
  • मधेसमा खडेरीको प्रभाव घटाउन कृषि बाली परिवर्तन गर्न सुझाव रमेश दुलाल
  • राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ
  • कुलमान समर्थक र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल

केयर फाउणडेशन द्वारा संचालित:

प्रधान सम्पादक

  • फरहान नूर

सम्पादक

  • अनवर अलि शाह मियाँ

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल

विशेष लिंकहरू

  • विज्ञापनको लागि सम्पर्क गर्नुहोस्
  • समाचार वा लेख रचना प्रेषित गर्नुहोस्
Flag Counter
CareKhabar

© 2018 Care Khabar | All Rights Reserved.

  • मुख्य पृष्ठ
  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क