०८ पुष २०८२

‘सेवा रोकेर चिकित्सकले बिरामीलाई दुःख दिन पाइन्न’

२४ चैत्र २०७५, आईतवार १६:२८ मा प्रकाशित

भरतपुर, २४ चैत ,,उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताउनुभयो । “अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रुपमा लिन्छ”, उहाँले भन्नुभयो, “तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी छैन् ।” समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रम मात्र भएको उहाँको तर्क छ ।

“वृत्ति विकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन”, उहाँले भन्नुभयो, “यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ ।” आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उहाँले चिकित्सकलाई आग्रह गर्नुभयो । चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उहाँले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राख्नुभयो । चितवन मेडिकल कलेज फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “तोकेको शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानबिन हुन्छ ।” सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उहाँले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । –––

तपाईंको प्रतिकृयाहरू

राष्ट्रिय

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter