तराई मधेसमा समतल भु-भाग भएका कारण भौतिक बिकास धेरै नै भएको होला सोचे पनि बास्तबिकता फरक छ्न।तराई मधेस लाई आर्थिक मेरुदण्ड को रूपमा लिए पनि अवस्था अति नै दयनीय छन।
यसको मुख्य दोषी यहाँका मधेसी केन्द्रित दलहरु नै हो जो मधेस को प्रतिनिधित्व गर्छन् ।
-राजनीतिक लाई आम्दानीको बिषय लिएर अगाडि बढनु भएको छ
-यदि मधेसको समस्या समाधान गरिदिने हो भने भोलि कुन मुद्दा मा राजनीतिक गर्ने “राजनीतिक गर्न अभाव ,असन्तुष्टि ,समस्या दुख रहिरहनु पर्छ ।
-मधेस र यहाँका आम जनता लाई स्वास्थ्य ,शिक्षा लगायतका अधारभुत सेवा दिए पछी भोलि राजनीतिक गर्न एजेन्डा नजोगिएला कि भन्ने चिन्ता छ्नउनिहरुमा
-नेपालि सञ्चारमाध्यम(Press)ले तराई मधेस को राजनीतिक बिषय बाहेक त्यहाँ रहेका अभाव ,असन्तुष्टि ,समस्या र जनताको चाहना मागहरु जस्ता बिषय बस्तुहरु प्रति खासै चासो राख्दैन।
-मधेसमा यति लगानी भए तापनि बिकास नहुनु भनेको भ्रष्टाचार चरम अवस्थामा छ।सबै पक्षको लगानी भए पनि निगरानी भन्ने छैन।लगानी र निगरानी तालमेल नभए सम्म यस्ता अभाव लगायत अन्य समस्याहरु भईरहने छ।
-नेतालाई तलब दिने होइन ।नेता ले निती बनाउने हो।नेता लाई छुट्टै बजेट दिने होइन ।नेता बिकासको प्रतिनिधि होइन ।जनताको प्रतिनिधि हो।नेताले निगरानी गर्ने हो।राज्यले पठाएको बजेटहरु ठाउँमा गए कि गएन कुन ठाउँ के -को ‘कुन आवश्यकता छ_जसको नितिहरु बनाउने हो।नेता नीति र निगरानी गर्ने काम हो।नेतालाई किन र के को लागि तलब चाहिएको छ र?
-राज्यले बजेट बाडने मात्र होइन समयमा निगरानी पनि गर्ने हो।
-राजनीतिक मुदा होइन मधेस केन्द्रीत दलले बिकासलाई मुद्दा बनाउनु पर्छ।
-जनतालाई भोट् हाल्ने साधन को रूपमा लिनेे गरेको मात्र हो।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू