१० पुष २०८२

बहुउद्देशीय कबर्ड हल बन्ने

१७ चैत्र २०७५, आईतवार १६:०९ मा प्रकाशित

ललितपुर, १७ चैत ,, गोदावरी नगरपालिका वडा नं ३ टौखेलमा बहुउद्देशीय कबर्ड हल बन्ने भएको छ । नगरपालिकाको पहिचान तथा गौरव बढाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने उद्देश्यका साथ उक्त हल निर्माण हुन लागेको हो ।
टौखेल किटिनी माध्यमिक विद्यालयका नाममा रहेको २८ रोपनी जमीनको एक खाली भागमा सो हल निर्माण शुरु भएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । “हल निर्माणका लागि १६० फिट लम्बाइमा जग हाल्ने काम धमाधम अघि बढिरहेको छ”, महर्जनले भन्नुभयो, “संघीय सांसद नवराज सिलवालले सांसद विकास कोषबाट रु २० लाख बजेट विनियोजन गर्ने विश्वास दिएसँगै काम अघि बढाएका हौँ ।”
“प्रदेश र केन्द्र सरकार दुवैसँग करीब रु एक करोडको बजेट माग गरिएको नगरपालिका नं ३ वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । “सो हलमा फुटसल, ब्याटमिन्टन, भलिबल, बास्केटबल, क्रिकेट, कुस्ती, कबड्डी, योगलगायत स्थानीय सांस्कृतिक खेल खेल्न मिल्नेछ”, घिमिरेले भन्नुभयो, “हल निर्माणको कार्य पूर्ण गर्न हामीले स्थानीय दातालगायत राष्ट्रिय खेलाडीसँग चन्दा सङ्कलन गर्ने योजना अघि बढाएका छौँ ।”
हल निर्माणका लागि कति रकम सङ्कलन हुन्छ भन्ने अनुमान नगरपालिकासँग छैन । यो हल नेपाल राज्यको एक नमूना हलका रुपमा परिचित हुनेछ । सो हल निर्माणको शिलान्यास केही दिन पहिला सांसद सिलवालले गर्नुभएको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter