१६ चैत २०८२

सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ

७ चैत्र २०७५, बिहीबार १४:५० मा प्रकाशित

काठमाडाँै, ७ चैत ,,  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पार्नुभयो ।

नेकपाका सचिवालय सदस्य पोखरेलले भन्नुभयो, “एकता प्रक्रियालाई स्पष्टरूपमा अगाडि बढाउन जरुरी छ, कतिपय तल्ला तहबाट मिलेको पनि पाइएको छ, तल्ला तहहरु आफँै मिलेर आउँदा एकता प्रक्रियामा अझ सहज हुने थियो ।” तत्कालीन नेकपा (एमाले) जनताको बहुदलीय जनवादको धारलाई लिएर अगाडि बढेको स्मरण गराउँदै मन्त्री पोखरेलले भन्नुभयो, “दुवै पार्टीका राम्रा कुरालाई लिएर अगाडि बढ्नेभन्दा अलमल भइरहेको छ, स्पष्ट विचार लिएर छिटो अघि बढ्न जरुरी छ ।”

उहाँले अस्पष्ट विचार लिएर बस्दा गन्तव्यमा पुग्न नसकिने हुँदा पार्टीले स्पष्ट विचार लिएर पार्टीलाई साङ्गठनिकरूपमा अगाडि बढाउन जरुरी भएको बताउनुभयो । सरकारकाले जनअपेक्षाअनुरूप काम गर्न खोजिरहेको र कानून बनाउन केन्द्रीत हुनुपर्ने भएको हुँदा केही ढिलाइ भए पनि अब द्रुत गतिमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter