२० माघ २०८२

श्रद्धाञ्जलि सभा

२८ फाल्गुन २०७५, मंगलवार १०:५५ मा प्रकाशित

काठमाडौँ, २८ फागुन ,,  पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरियो ।

बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद कृष्ण राई, छिरिङदोर्जे लामा, समितिका अध्यक्ष चन्द्रमान लामा, समितिका सदस्य टुल्कुनिमा टेण्डी शेर्पा, समाजसेवी नेपालजीत लामालगायतले उहाँहरुको योगदानको सम्झना गर्नुभएको थियो ।

श्रद्धाञ्जलि सभामा नेपाल बौद्ध महासङ्घ, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध घ्याङ गुठी, ओम तामाङ सुखदुःख सेवा गुठी, तीनचुले तामाङ भज्यू गुठी, छोरङान महिला समाज, खास्ती नेवाःपुच, देय भ्वय गुठी, सामुदायिक सेवा केन्द्र, नेपाल सितेरियो कराँते डो, बौद्ध फुटबल क्लब, स्तुपा क्बल र टुसाल युवा क्लबका प्रतिनिधिहरुसहितको उपस्थितिमा उक्त श्रद्धाञ्जलि सभा भएको हो ।

सभाका वक्ताले दिवङ्गत मन्त्रीद्वयले मुलुकको सामाजिक, आर्थिक एवं पर्यटन विकासको क्षेत्रमा गर्नुभएको योगदान, पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले नागरिक उड्डयनका क्षेत्रमा गर्नुभएको सेवा तथा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका राष्ट्रसेवकहरुको सम्झना गरिएको थियो । त्यसअघि बौद्ध परम्पराअनुसार दिवङ्गतहरुको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन र मोलन्म पाठ गरिएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter