१९ चैत २०८२

गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

२३ फाल्गुन २०७५, बिहीबार ११:०८ मा प्रकाशित

काठमाडौँ, २३ फागुन ,, नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना माविका पाँच गरीब तथा जेहेन्दार विद्यार्थीले जनही रु सात हजारको छात्रवृत्ति सहयोग पाएका छन् ।

सो नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्ना दिवङ्गत पिता होमनाथ तिवारीको स्मृतिमा स्थापना गरेको रु दुई लाखको अक्षयकोषबाट उक्त सहयोग गरिएको हो । विद्यार्थी मनदीप पौडेल, रमेश लामा, राजकुमार सुर्खेती, विनोद गजुरेल र कृष्णप्रसाद तिवारीले छात्रवृत्तिस्वरूप सो रकम पाएका हुन् ।

तिवारी दम्पतीले विद्यालयका प्रधानअध्यापक शिव पाण्डेको उपस्थितिमा प्रतिविद्यार्थी रु सात हजार सम्बन्धित विद्यार्थीलाई बुधबार हस्तान्तरण गरेको हो । सो विद्यालयका पूर्वविद्यार्थी तिवारीले आगामी दिनमा कोष वृद्धि गरी थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीलाई जेहेन्दार बन्न आग्रह गर्नुभयो ।

काठमाडौँबाट सञ्चालित दैनिकी डटकमका निर्देशक तिवारी तत्कालीन प्रेस चौतारी नेपाल नुवाकोटका पूर्वकोषाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चका पूर्वसचिवालय सदस्य हुनुहुन्छ । उहाँ हाल संयुक्त राज्य अमेरिकाको कोलोराडोमा कार्यरत हुनुहुन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter