१९ चैत २०८२

सदस्य–सचिव दाहालद्वारा पदस्थापन

२२ फाल्गुन २०७५, बुधबार १२:४२ मा प्रकाशित

काठमाडौँ, २२ फागुन ,,  राष्ट्रिय प्रकृति संरक्षण कोषका नवनियुक्त सदस्य–सचिव यज्ञनाथ दाहालले पदस्थापन गर्नुभएको छ ।

कोषको कार्यालयमा मङ्गलबार पदबहालीपछि सदस्य–सचिव दाहालले कोष स्थापनाको उद्देश्य प्राप्तिमा सम्पूर्ण कार्यक्रम, बजेट र समूह अधिकतमरुपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि उहाँ वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको प्रमुख हुनुहुन्थ्यो ।

कोष ऐन, २०३९ को पछिल्लो संशोधनअनुसार प्रधानमन्त्री कोषको संरक्षक हुने र वन तथा वातावरणमन्त्री कोषको अध्यक्ष हुने व्यवस्था छ । वनमन्त्री शक्तिबहादुर बस्नेतले दाहाललाई यही फागुन १७ गते मन्त्रिस्तरीय निर्णयबाट अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि कोषको सदस्य–सचिव पदमा मनोनयन गर्नुभएको हो ।

जैविक विविधता संरक्षणमा लामो अनुभव सङ्गाल्नु भएका दाहालले यसअघि विभिन्न जिल्ला वन अधिकृत, वन अनुसन्धान विभागमा उपमहानिर्देशक तथा तत्कालीन क्षेत्रीय वन निर्देशनालयमा अनुगमन तथा मूल्याङ्कनको जिम्मेवारी र मन्त्रालयका विभिन्न महाशााखाको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter