२० माघ २०८२

उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ

२२ फाल्गुन २०७५, बुधबार ११:४२ मा प्रकाशित

भक्तपुर, २२ फागुन  ,, मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय विमानस्थल, हिमाललगायत चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भसँगै नाट्यश्वरी पार्क, मन्दिर, अपाङ्ग तथा बालमैत्री बगैँचा, आर्टिफिसियल रक क्लाइम्बिङ, व्यायाम गर्ने ठाउँ, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने र निर्माण भइसकेको दुईतले सामुदायिक भवनको रङ्गरोगन तथा व्यवस्थापन गरिने भएको छ ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । करीब रु सात करोडको बजेटमा निर्माण सम्पन्न हुने यहाँका संरचना निर्माणका लागि नगरपालिकाले यस वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

राष्ट्रिय

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter