सोमबार, २४ बैशाख २०८१

श्री राम गाेरखा माविमा तीन काेठे भवनकाे शिलान्यास

शहबाज खान

२ माघ २०७५, बुधबार १३:१३ मा प्रकाशित

कपिलवस्तु माघ २ । बहादुरगंजकाे श्री राम गाेरखा माविमा तीन काेठे भवनकाे शिलान्यास गरिएकाे छ । कृष्णनगर नगरपालिकाकाे पैंतालीस लाख अनुदान र विद्यालयकाे अान्तरिक स्राेतकाे अाठ लाख कुल त्रिपन्न लाख लागतमा निर्माण हुने भवनकाे शिलान्यास अाज नगरप्रमुख रजत प्रताप शाहले गरेका हुन । जेटिए तर्फकाे बाली विज्ञान अध्यापन हुने कपिलवस्तु जिल्ला मै एकमात्र विद्यालय श्री राम गाेरखा लाई नमुना विद्यालय बनाउन अाफु लागि परेकाे प्रअ प्रदिप सिंहले बताउनु भयाे । विद्यार्थीकाे चाप बढ्दै गएकाेले कक्षाकाेठा अपुग हुने समास्यालाई मध्यन गर्दै नगरपालिकाले भवन निर्माणमा गरेकाे सहयोगले केही राहत हुने प्रअ सिंहले बताए । विद्यालयमा कुल १७ सय भन्दा माथि बिद्यार्थी अध्यनरत छन । साे कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले विद्यालयकाे भाैतिक संरचना लगायत शिक्षा स्तर वृद्धि गर्न अाफु सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा उपप्रमुख सबनम खातुन, वडाध्यक्षहरु संजय गुप्ता, देवानन्द शुक्ला, नुरमाेहम्मद खां , राममिलन चाैधरी , माेविन खान, छेदी प्रसाद यादव लगायत सकिर अहमद शाह, प्रदीप चाैधरी एवं विभसन्न संघसंस्थाहरुका प्रतिनिधिहरु काे उपस्थिति रहेकाे थियाे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter