शुक्रबार, ०४ जेठ २०८१

बेइजिङमा राससकर्मी श्रेष्ठको तस्वीर प्रदर्शनी

२९ पुष २०७५, आईतवार १६:१८ मा प्रकाशित

काठमाडौँ, २९ पुस ,, राष्ट्रिय समाचार समिति(रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ ।

बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चीन पुग्नुभएका उहाँले यसरी फोटो प्रदर्शनी गर्नुभएको हो । प्रदर्शनीमा तीन दर्जन तस्बीर समावेश गरिएको छ ।

प्रदर्शनी अवलोकन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले यस्ता गतिविधिले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रदर्शनमा रहेका तस्बीरहरू दूतावासमा रहने जानकारी दिँदै अन्यत्रसमेत प्रदर्शनी गरेर दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बताउनुभयो । सो क्रममा दुतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपाली तस्बीर प्रदर्शनी हुनु गौरवको कुरा भएको उल्लेख गर्नुभयो ।

चीनमा श्रेष्ठको योे दोस्रो फोटो प्रदर्शनी हो । यसअघि गएको वैशाखमा पनि बेइजिङमै उहाँको फोटो प्रदर्शनी भएको थियो । प्रदर्शनीमा नेपालका ऐतिहासिक सम्पदा, पर्यटकीय स्थल, विभिन्न जातजातिका नृत्य तथा विशिष्ट व्यक्तिहरुको फोटो राखिएको छ ।

फोटो प्रदर्शनीले चिनियाँ जनतालाई नेपाल र नेपाली संस्कृति बुझ्न सहयोग पु¥याएकाले नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको भ्रमण टोलीका संयोजक सन्तु महर्जन शर्माले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter