बुधबार, २६ बैशाख २०८१

हज समितिमा निष्कलंक व्यक्ति आऊन आवश्यक

२६ पुष २०७५, बिहीबार ०९:०२ मा प्रकाशित

नेपाल सरकारको गृह मंत्रालय अन्तर्गत बन्ने गरेको नेपाल हज समितिको पधाधिकारीहरुको चयन सम्भवतः यही साता भित्र हुदैछ ।

विगतमा जति पनि हज समिति बने प्रायः सबै माथि कुनै न कुनै आरोप लाग्दै आएको छ । कुनै समिति माथि सरकारले नै स्वयम भ्रष्टाचारको आरोपमा कानूनको दायरामा ल्यायो भने कतिपय हज समिति माथि हजयात्रीहरु तथा मानवाधिकर्मीहरुले आर्थिक चलखेल गरेको आरोप लगाएकै हुन।

गत वर्ष पनि हज समितिले आर्थिक चलखेल गरेको भनि विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो, । समाचारलाई आधार बनाएर मोहम्मद औरंगजेब लगायत ३ जना सूचना अभियंताहरुले संविधानको धारा २७ को अधिकार प्रयोग गर्दै सूचना मांग पनि गरेका थिए । यद्धपि अहिलेसम्म नेपाल हज समितिले कुनै पनि सूचना उपलब्ध गराएको छैन ।

प्रायः सत्तामा रहेको राजनीतिक पार्टीमा लागेक सदस्यहरुबाट नेपाल हज समितिको अध्यक्षको नियुक्ति हुने गर्दछ ।

यही सन्दर्भमा अब बन्ने नया हज समिति कस्तो हुनु पर्छ भन्ने बारेमा बिचार संकलन गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरुले हज समितिमा निष्पक्ष ईमानदार व्यक्तिहरुको मनोनीत हुनु पर्ने बिचार प्रकट गरेका छन ।

नेपाली कांग्रेस पार्टीका नेता तथा हज समितिका पूर्व अध्यक्ष मोहम्मद निजामुद्दीनले केयरखबर सङ्ग कुरा गर्दै भने :
हज समितीमा हाजीहरुलाई सेवा दिन सक्ने इमान्दार ब्यक्तिहरुको उपस्थिति हुनु जरुरी छ , विगतको अनुभवहरुलाई नियालेर हेर्दा हज समिती एकदमै भ्रष्ट भएको देखिन्छ तसर्थ हज समिती भित्र हुने गरेको भ्रष्टाचार , गैर जिम्मेवारीपनलाई एक पट्क कुनै लोभी पापीहरुबाट होइन मनैबाट इमान्दार ब्याक्तित्वको छनौट गरि सहि निर्णय गर्न कसैको दबावमा नपर्ने ब्यक्ति पठाउन सके उचित हुने थियो , कफन किन्दा पनि कमिशन खोज्ने कोहि न परोस यहि दुवा गर्दछु अल्लाह तआला संग ।

 

सूचना अभियन्ता औरंगजेब अन्सारी ले भने ,
अब गठन हुने हज समितीकाे अध्यक्ष लगायत सदस्यहरूकाे चयन कुनै राजनैतिक पहुच र राजनैतिक हस्तक्षेपकाे बिना लाेकतान्त्रिक प्रक्रियाद्वारा हाेस भन्ने सिंगो समुदायको चाहना हो। हज कार्य नितान्त धार्मिक कार्य हुने भएकाले सरकारले राम्रो सङ्ग व्यवस्थित गरि हजयात्री हरुलाई सहजता पुर्याउनको निम्ति हज समितिको निर्माण गरेको हो । तर बारम्बार आर्थिक रूपमा थिचोमिचो गरेको आरोप लाग्दै आएको हुनाले अब बन्ने नया समितिमा शिक्षित पारदर्शी निष्पक्ष रही राज्यप्रति जवाफ़देही हुने व्यक्तिहरूको नियुक्ति हुनुपर्छ ।

 

 

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता राज खानले भने, उपलब्धि पाई सकेका ब्यक्तिहरूलाई पर राखि नया अनुहार आऊनु पर्ने हाम्रो मांग छ । समुदायको हकमा बारम्बार भ्रष्टाचार गरेको व्यक्तिहरूको पहिचान हामी युवाहरुले गरिसकेका छौं । कलङ् लागेको व्यक्तिहरूको नियुक्ति भयो भने हामी सत्य तथ्य बाहिर ल्याउनुको साथै खुलेर नै बिरोध समेत गर्नेछौं ।
साथै हज समितिको छनोट हाम्रो पार्टीले गर्ने हुदा समुदायमा सिंगो पार्टीको प्रतिनिधित्व गर्ने नेतृत्वको चयन हुनु पर्छ भन्ने मेरो ठहर छ।

 

 

युवा संचारकर्मी शमशाद आदिले कुरा गर्दै भने ,
साउदि अरबको मक्का मदीना गई गर्ने हज कार्यमा लगभग ४५ दिन संसार भरिका मुस्लिम समुदायका साथै नेपाली मुस्लिम पनि गएर ‛इस्लामिक शरीयत कानून’ बमोजिम नीति निर्देशनको पालना गर्ने गर्दछन् अर्थात दुई देशबीच बढाउने यस सम्बन्धलाई अझ प्रगाढ़ बनाउन सक्ने प्रतिनिधिहरूको चयन हुनुपर्छ । बिगतमा नेपाली हज समितिका प्रतिनिधिहरुलाई आर्थिक हिनामिनाको आरोपमा साउदी मै कुटाई गरेको, बाथरूममै थुनेको घटना सर्वविद्तै छ ।तसर्थ अब बन्ने हज समितिमा समाजिक कार्यमा संलग्न रहेको ईमानदार व्यक्तिको चयन भए हाजीहरुको सेवामा टेवा पुग्नुको साथै सिंगो राष्ट्द्वारा अंतर्राष्ट्रीय स्तरमा राम्रो सन्देश दिन सक्ने व्यक्तिको चयन हुनुपर्छ । साथै मलाई अफ़सोच लाग्छ स्वयम मुस्लिमहरू नै यस्तो कार्यको प्रतिनिधित्व गर्न विभिन्न आकारको भर्यांङको सहारा लिने गर्दछन् । साथै राजनीतिक हज समिति नबनाएर संवैधानिक हज समितिको व्यवस्था नेपाल सरकारले गरोस् भन्ने मांग गर्दछु ।

कानून अध्ययनरत बिद्यार्थी समाजसेवी औरंगजेब अहमदले भने,
हज समितिको जिम्मेवारी युवा पुस्तालाई नेतृत्व हस्तांतरण गरे मात्र समुदायले सुख पाउने छ ।

 

संघीय बिद्यार्थी फोरम का ५नं प्रदेश उपाध्यक्ष मोहम्मद शोएब अंसारीले भने,
हज समितिको छवि देश व्यापीरुपमा भ्रस्ट समितिको रुपमा चिनिएको छ।यसको मुख्य कारण राजनीतिक दृष्टिकोणले पार्टी भक्तहरुलाई पनि हेर्दै छू किनभने अहिले सम्म यस्ता निकायमा जहिलै नै कांग्रेस तथा ने का पा बाट मात्र चयन भएर प्रतिनिधिहरू आएका हुन्छन जून की बारम्बार ठग धोखेबाज़ी गरेको कुरा सबै सामु छ। यसले पार्टीको पनि मान मर्यादामा असर पुर्याएको छ।अब बन्ने हज समितिमा हाम्रो संघीय समाजवादी पार्टी को रोहबरमा छनोट हुनु पर्छ।
तसर्थ समाजवादी फोरम बाट युवापुस्तालाई नेतृत्व दिई हजयात्री हरुलाई सहजता पुर्याउनु पर्छ ।

 

 

बिद्यार्थी अगुवा नईम अन्सारी ले भने,
हज समितिलाई पारदर्शी रुपमा संचालन गर्न कड़ा निर्णय लिन सक्ने निडर व्यक्तिको खांचो छ।कसैको दबावमा न बसिकन समुदायले को लागि सेवा गर्न फ्लाइट टेण्डर देखि मक्का स्थित होटल व्यवस्थापन गर्न दूरदर्शिता अपनाई प्रकिर्यागत रुपमा हिडन सक्ने निष्कलंक समिति आये हामी सम्पूर्णको हक़ मा सराहनीय हुनेछ ।

 

कपिलवस्तुका युवा व्यासायी अख़लाक़ खान ले भने,
बिगत का दिन हरू जस्तै लोक दोहोरी खेल्ने , एक अर्का लाई आरोप प्रत्यारोप गरि समुदायमा भ्रम सृजना गर्ने हरुलाई पर राखि हज समितिमा नया नेतृत्व आऊनु पर्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter