२४ चैत २०८२

बत्ती नहुँदा खलङ्गा बजारमा समस्या

१९ पुष २०७५, बिहीबार १५:५८ मा प्रकाशित

सिञ्जा, १९ पुस,, लामो समयदेखि जुम्लाको खलङ्गा बजारमा बत्तीको समस्याले गर्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । विभिन्न निकायले सहयोग गरे तापनि बत्तीमा सुधार नआउँदा जुम्लाको सबै सरकारी र गैरसरकारी कार्यालयमा समयमा काम नहुने समस्या आएको छ भने विद्यार्थीको पठनपाठनमा पनि निकै समस्या देखिएको छ ।
बत्ती उपभोग्ता समितिका अध्यक्ष विष्णुबहादुर बुथापाले एक हप्तामै आउँछ भनेको बत्ती तीन महीना बितिसक्दा पनि बत्ती आएको छैन भने जुम्लाका विद्यार्थी मैनबत्ती बालेर पढ्न बाध्य भएका छन् । नगरपालिकाबाट बत्ती मर्मतका लागि पटकपटक रकम छुट्याए पनि बत्तीको काममा भने निकै ढिलो भएको स्थानीयवासी वीरबहादुर बुढाले बताउनुभयो । न त बत्ती आउँछ न त कुनै निर्णयको निचोड खाली जनतालाई झुक्याउने काम मात्र भएको छ ।
बत्ती निर्माणको सम्झौता गरेको भारतीय ठेकेदार नै फरार भएका छन् भने बत्ती अझै कहिले आउने हो भन्ने बारेमा विश्वस्त छैन नगरवासी ।
–––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter