०६ पुष २०८२

चार दिनदेखि किशोरी बेपत्ता

१९ पुष २०७५, बिहीबार ११:१४ मा प्रकाशित

घोराही, १९ पुस,, घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् । घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ ।

बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरिदिन सार्वजनिक अपिल गर्नाका साथै प्रहरीमा निवेदनसमेत दर्ता गराउनुभएको छ । किशोरी बेपत्ता हुँदा परिवार तनावमा छन् ।

यस्तै तुसीपुर–१० की सुशीला खड्का पनि गत कात्तिक २७ गतेदेखि परिवारको सम्पर्कमा नआएको भन्दै आमा पीमा वलीले प्रहरीमा जाहेरी गर्नुभएको छ । उहाँले पनि लामो समयसम्म छोरी सम्पर्कमा नआएपछि खोजी गरिदिनका लागि एक विज्ञप्ति जारी गर्नुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter