०६ पुष २०८२

राससकर्मी पाण्डेसहित पत्रकार सम्मानित

१६ पुष २०७५, सोमबार १४:३४ मा प्रकाशित

खस्यौली, १६ पुस,,  मदन भण्डारी स्पोर्टस् एकेडेमीले राससकर्मी युवराज पाण्डेसहित एक दर्जन पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा पाण्डेसहित मेचीकाली दैनिकका अमृत गिरी, सैनामैना सन्देशका टीका खरेल, रेडियो मलमलाका ऋषिराम न्यौपाने र विष्णु खत्री, बुद्ध टिभिका ललित पाण्डे, रेडियो सैनामैनाका भुवन जिसी, लुम्बिनी टिभीका दीपक न्यौपाने, बुटवल टुडेका नविन घिमिरे, किस एफ एमका कृष्ण भण्डारी र रेडियो कञ्चनका जगिलाल थापा हुनुहुन्छ ।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उहाँहरूलार्ई सम्मान गर्दै समाचार सम्प्रेषण गर्नु पत्रकारको सामाजिक दायित्व भएकाले त्यसलाई गम्भीर रूपमा लिन आग्रह गर्नुभयो । सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रगत दिएका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter