०६ पुष २०८२

हुलाकी सडक कालोपत्र हुँदै

९ पुष २०७५, सोमबार १३:१९ मा प्रकाशित

बाँके, ९ पुस,,  बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा सम्मको सडकखण्ड अत्यन्तै जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्नुपरेकामा कालोपत्र भएपछि स्थानीयवासी खुशी भएका हुन् ।
रु ६२ करोड १८ लाख ३८ हजार ६६६को लागतमा उक्त हुलाकी सडक निर्माणका लागि २०७३ भदौ महीनामा बोलपत्र आह्वान भएकामा बल्ल निर्माण हुन लागेको हो । त्यस्तै बेलुवा–राजापुर २१ किलोमिटर सडक रु ३० करोड छ लाख ३२ हजारको लागतमा अढाई वर्षमै निर्माण सक्ने गरी टेण्डर आह्वान भएकमा बल्ल काम शुरु भएको छ । निर्माण कम्पनीलाई पर्ने सम्पूर्ण बाधा अड्चन फुकाउँदै तोकिएकै समयमा सडक निर्माण सम्पन्न गर्नका लागि प्रशासन लागिपरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter