०६ पुष २०८२

टिपर दुर्घटनामा चालकको मृत्यु

८ पुष २०७५, आईतवार १०:१८ मा प्रकाशित

रोल्पा, ८ पुस,,  रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतक चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

रुइनिवाङ–सिर्प सडकखण्डमा बाटो विस्तारका लागि प्रयोग गरिएको उक्त टिपर सर्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सडक छेउमा माटो फाल्ने क्रममा उक्त टिपर भासिएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा ल्याइएको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter