०२ चैत २०८२

कपिलबस्तु को खैरा मा ७ किलो चरेस बरामद

अजय मिश्र

५ पुष २०७५, बिहीबार १२:१० मा प्रकाशित
कपिलबस्तु/संवाददाता
कपिलबस्तु को कृष्णनगर नगरपालिका वडा नं.१० खैरा गाउमा अ.७ किलो ५००ग्राम चरेस बरामद भएको छ।
ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नबिन पौडेल को कमान्ड मा खटिएको गस्ती टोली ले विशेष सुराकी को आधारमा कृष्णनगर न.पा.१० खैरा गाउमा बस्ने रफीक अमिन खाँ को घर मा खान तलासी गर्दा घर को कुना मा पराल को तला लुकाए र राखेको अन्दाजी ७किलो ५००ग्राम चरेस प्रहरी ले बरामद गरेको छ।
घर मालिक लगायत अन्य सदस्य हरु फरार रहेको र गाउका भद्र भलादमी र जनप्रतिनिधि हरुको रोहबर मा मुचालका गरी थप अनुसंधान भई रहेको कुरा ई.प्र.का.गणेशपुरले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter