बेझाड, ३ पुस,, क्रियाशील मगर उत्थान समूह रामपुरको भवन निर्माण हुने भएको छ । रामपुर नगरपालिका–७ किसानबारी खेलमैदान अगाडि निर्माण हुन लागेको भवनको सोमबार शिलान्यास गरिएको छ ।
नेपाल मगर सङ्घका केन्द्रीय प्रतिनिधि क्याप्टेन धनबहादुर रानाले भवनको शिलान्यास गर्दै समूहको भवन निर्माणका लागि नगद रु ५० हजार १०१ सहयोग गर्ने घोषणासमेत गर्नुभयो । समूह कोषको रु १० लाख र अन्य सहयोगमा दुईतले भवन निर्माण गर्न लागिएको समूहका अध्यक्ष रामबहादुर हिस्की थापाले बताउनुभयो ।
पाँच महीनामा सवारी दुर्घटनाबाट तेइसको मृत्यु
पाल्पामा पाँच महीनाको अवधिमा २३ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको छ । साउनबाट मङ्सिरसम्म भएको सवारी दुर्घटनामा ८३ जना घाइते भएका छन् ।
मङ्सिरमा मात्रै १० को सवारी दुर्घटनामा मृत्यु भएको छ । आव २०७४÷७५ असारसम्म ४५ ले सडक दुर्घटनामा परी ज्यान गुमाए भने १४२ घाइते भए । पहाडी क्षेत्रमा साँघुरो बाटो, सवारीसाधनको वृद्धि, चालकले पूर्णरूपमा ट्राफिक नियमको पालना नगर्नु, सडक गुणस्तरीय नहुनु, नियमित सवारीसाधनको जाँच नगर्दा दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख डम्बरबहादुर गिरीले जनाकारी दिनुभयो ।
आव २०७४÷७५ मा ट्रक १२, बस १३, कार, भ्यान, जिप १९, ट्याक्टर ६ र मोटरसाइकल २५ गरी ७५ सवारीसाधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू