०६ पुष २०८२

दुई महीनापछि शव नेपालमा

३ पुष २०७५, मंगलवार १२:३७ मा प्रकाशित

बेझाड, ३ पुस,,  धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ ।

आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिनुभएको मृतकका आफन्त शङ्कर पोखरेलले बताउनुभयो । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेकाले गैरेको शव नेपाल ल्याउन ढिला भएको हो ।

सोमबार चापाकोट नगरपालिका– ७ को साँखरस्थित कालीगण्डकी किनारमा गैरेको दाहसंस्कार गरियो । कम्पनीले बिदाका समयमा गैरेको मृत्यु भएका कारण खर्चमा कुनै पनि सहयोग नगरेपछि शव नेपाल ल्याउन समस्या परेको आफन्तले जनाएका छन् । गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको निधनले गाउँ नै शोकमा डुबेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter