शनिबार, २९ बैशाख २०८१

सञ्चार ग्रामलाई कला संस्कृति, सङ्गीत केन्द्रको रुपमा विकास गर्ने

१ पुष २०७५, आईतवार १४:४५ मा प्रकाशित

विराटनगर, १ पुस,, तारणीप्रसाद कोइराला सञ्चार ग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्बद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ ।

विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चार ग्रामका विषयमा रेडियो नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १ को प्रशारण एकाइ पनि रहने बताउनुभयो ।

सञ्चारकर्मीको तालीम, ध्वनि रेकर्डिङ जस्ता थुप्रै कार्य सञ्चालन हुने यस ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम सञ्चालन गर्नेछ । सञ्चार ग्रामका लागि विराटनगर महानगरपालिकाले छ कठ्ठा १८ धुर उपलब्ध गराएको जग्गामा चारतले स्टिलका अत्याधुनिक भवन निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

कूल रु १८ करोड २५ लाख ५२ हजारको लागतमा निर्माण हुन लागेको यो भवन आउँदो चैत महीनामा सम्पन्न गर्ने गरी रविना–जोशी जेभीले लिएको ठेक्का प्राविधिक कारणले केही दिन लम्बिने निर्माण व्यवसायी रमेशकुमार कार्कीले बताउनुभयो । भवनका लागि नेपाल सरकारले अहिलेसम्म रु १७ करोड उपलब्ध गराइसकेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहाल र विराटनगर महानगरपालिका–४ का वडा अध्यक्ष देवेन्द्र पोखरेलले अत्यन्त महत्व राख्ने यो भवनको वरपर हरियाली र सफा हुनुपर्छ भन्नुभयो । रेडियो नेपालका नायब कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बहुआयामिक यो भवनबाट सञ्चारकर्मी, प्रदेश सरकार, स्थानीयवासी र हरेक क्षेत्रका कलाकर्मी लाभान्वित हुने बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter