शनिबार, ०५ जेठ २०८१

सफल उद्यमी चौधरी

२८ मंसिर २०७५, शुक्रबार १४:५६ मा प्रकाशित

दमौली, २८ मङ्सिर,,  ढाकाको कपडा उद्योग स्थापना गरी दमौलीका विष्णु चौधरीले त्यसबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

नवलपरासी घर भएका ३० वर्षीय चौधरीले तनहुँुको ब्यास नगरपालिका–२ मा २०६६ साल माघमा स्थापना गर्नुभएको निखिल ढाका कपडा उद्योगले एक वर्षमा नै उहाँलाई सफल उद्यमी बनाउन सहयोग त पु¥यायो नै आम्दानीको गतिलो स्रोत पनि बनाइदियो । रु तीन लाखको लगानीमा स्थापना गरेको उद्योगले सबै खर्च कटाएर मासिक रु ७० हजार आम्दानी गर्दै आएको छ । पहिले टोपी र चोलीमात्र बन्ने गरेपनि समयको परिवर्तन र ग्राहकको मागसँगै अन्य कपडा पनि बन्न थालेपछि उहाँको ढाका व्यवसायले सफलता प्राप्त गरेको छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ््यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुम साडीको राम्रो व्यापार हुने गरेको चौधरी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“सबै उपभोक्तालाई समेट्नसक्नु नै ढाका व्यवसायको सफलता हो ।” उहाँले भनेझैं उद्योगमा ढाकाको कपडा किन्न सबै खाले ग्राहक पुग्छन् । अझ अहिले जाडो मौसम भएकाले टोपी, पछ््यौरा र चौबन्दी बढी बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

उहाँको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैन । उहाँले तनहुँका ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँ लगायतका ठाउँमा समेत यसको निर्यात गरिरहनुभएको छ । ढाकाको माग एकदमै बढेपनि उहाँले त्यो मागलाई पूरा गर्न सक्नुभएको छैन । उहाँले उद्योगमा तीन जनालाई रोजगारी दिँदै आएको भए पनि अझै केही कामदार आवश्यक परेको बताउनुभयो । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि ढाकाको कपडा किन्ने गरेका छन् ।

ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उहाँले बताउनुभयो । ढाकाको कपडा नवलपरासी, कपिलवस्तु र तेह्रथुमबाट ल्याउने गरेको उहाँले जानकारी दिनुभयो ।
––––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter