०६ पुष २०८२

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

१८ मंसिर २०७५, मंगलवार १५:०९ मा प्रकाशित

लहान, १८ मङ्सिर,,   चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बलुवा चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

स ४ प ४१० नं को मोटरसाइकल र स ७ प ६१८ नं को मोटरसाइकल एकापसमा ठोक्किदा स ४ प ४१० नं को मोटरसाइकल चालक धनुषाको सिहरा गाउँपालिका–७ भकुण्डे निवासी ३५ वर्षीय काशिन्दर महराको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते महराको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter