०३ चैत २०८२

मा.हृदेश त्रिपाठी को नेतृत्वमा मिश्र र गुप्ता लाई हुलाकी सडक निर्माण गर्न अर्थमंत्री द्वारा प्रतिबद्धता

अजय मिश्र

९ मंसिर २०७५, आईतवार ११:४५ मा प्रकाशित
कपिलवस्तु ९ मङ्सिर,,   कपिलबस्तुको हुलाकी सडक खण्ड बर्षो देखि जीण अवस्थामा रहेको साथै बिभिन्न समयमा बिभिन्न सरकार र चुनाव आउदा विभिन्न नेता हरुले कपिलबस्तु हुलाकी सडक खण्ड कालो पत्रे निमार्ण गराएर छाडने प्रतिवद्धता जाहीर गरेपनि चुनाव जिते पछि सबै कुरा बिर्सेर सेल्फी मात्र खिचाउने जस्तो देखिएको छ।
हुलाकी सडक खण्ड को समस्या धेरै दिन देखी चलि रहेको छ कति पटक संघर्ष समिती गठन गरि अन्दोलन गरेको तर पनि अहिले सम्म नबनेको कारण ले समस्या नै समस्या देखा परेको छ।
 हुलाकी सडक खण्ड को नाउमा जान्ने पहिचान्ने सडक केही बर्ष पहिला जिल्ला को सम्पर्क मार्ग मात्रै थिए तर जब पहिलो संबिधान सभा को चुनाव भए पछि गठन भएको सरकार भौतिक योजना तथा निर्माण मंत्री हृदेश त्रिपाठी र राज्यमंत्री ईश्वर दयाल मिश्रा को पहलमा सरकारले यस सडक खण्डलाई कपिलबस्तु हुलाकी राजमार्ग मा नामांकरण गर्यो
अब सम्माको लाई हेर्दा हुलाकी मा राजनितीकरण धेरै देखिएको तर कही कतै बाट पहल न भएको स्थानिए जनताको बुझाई रहदै गर्दा मान्नीय पूर्वमंत्री र हाल प्रतिनिधी सभा सदस्य हृदेश त्रिपाठी को नेतृत्वमा मा.पूर्वमंत्री र हाल प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्ता र पूर्वमंत्री ईश्वर दयाल मिश्रा को संयुक्त टोलीले वर्तमान अर्थमंत्री संग भेटी कपिलबस्तु हुलाकी सडक खण्ड को अभिलम्ब टेन्डर निकालनाको लागि अनुरोध गर्दा मा.अर्थमंत्री ले सम्बन्धित मंत्रालय संग समान्वय गरी अभिलम्ब टेन्डर निकालन निर्देश दिने साथै हुलाकी सडक खण्डमा लाग्ने रकम कही कतै बाट पनि कम न हुने र अति अवश्यक रहेको छ भनि सडक बिभाग को डीजी र हुलाकी सडक निर्माण प्रमुख लाई अभिलम्ब बोलाई टेन्डर निकाल्न निर्देश दिने भन्ने प्रतिबद्धता जनाउनु भयेको जानकारी पूर्वमंत्री ईश्वर दयाल मिश्राले जनाएका छन्।
साथै यहा का जनता ले संयुक्त टोली को उक्त कार्यको प्रशंसा समेत गरेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter