०३ चैत २०८२

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

८ मंसिर २०७५, शनिबार १५:०५ मा प्रकाशित

जितपुर, कपिलवस्तु, ८ मङ्सिर,,   गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उहाँको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिनुभयो ।

गोली प्रहार भएको स्थानमा गोलीका तीन÷चार खोका भेटिएको र केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । आन्तरिक झगडाका कारण तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानी फरार भएको हुनसक्ने अनुमान गरिएको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter