आइतबार, ३० बैशाख २०८१

शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व ,, मुख्यमन्त्री

७ मंसिर २०७५, शुक्रबार १४:२६ मा प्रकाशित

रुपन्देही, ७ मङ्सिर,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभएको छ ।

श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडाँैका मठ मन्दिरमा रहनु गौरवको विषय भएको बताउनुभयो ।

नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक रहेको बताउँदै उहाँले धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उल्लेख गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter