०३ चैत २०८२

बरिष्ठ पत्रकार रहीस अमहद को निधन

५ मंसिर २०७५, बुधबार २३:५३ मा प्रकाशित

 

नेपालगंज बाट प्रकाशित हुने समय अधिकार नामक दैनिक पत्रिकाको सम्पादक रहेका बरिष्ठ पत्रकार ५६वर्षीय रहीस अहमद सिद्दीकीको आज राति ११बजे कोहलपुर स्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
स्वर्गीय रहीस सिद्दीकी करीब तीन महीना देखि लिभरको बिरामी थिए । ऊनि दारुलउलूम फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिका अध्यक्ष रहनुको साथै समाजिक तथा सञ्चार क्षेत्रमा सम्मानित र प्रख्यात व्यक्ति थिए ।

उनको निधनले सञ्चारक्षेत्रमा ठुलो क्षति पुर्याएको केयरखबरका सम्पादक अब्दुस्सबुरले बताए। पूर्व सांसद हामिद सिद्दीकीको कान्छो भाई हुन भने
उनका चार जना छोरी र एक जना छोरा छन ।
उनको अंतिम संस्कार भोली नेपालगन्ज कै कब्रस्तानमास भए ता पनि समय अहिले कन्फर्म नभएको ने कम्युनिस्ट पार्टीका नेता अतहर हुसैन फारुकिले जानकारी दीए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter