०३ चैत २०८२

सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले टिप्पर चलकहरुलाई सवारी टाईम कार्ड बितरण

४ मंसिर २०७५, मंगलवार १५:५२ मा प्रकाशित

कपिलवस्तु, ४ मंसिर,,   कपिलवस्तु जिल्ला ट्राफिक प्रहारी कार्यालय, गोरुसिंगेले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित पुर्ब पश्चिम महेन्द्र राजमार्गमा जिल्ला ट्राफिक प्रहारी कार्यालय प्रमुख प्रहारी निरिक्षक बाबु राजा पन्त समेतको टोली खटि गई बढदो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले यस जिल्लाको चन्द्रौटा, गोरुसिंगे, पिपरा हुदै मुर्गिया सम्म चल्ने भाडाका टिप्पर हरुलाई हिजो ११ बजे देखि सवारी टाईम कार्ड (Vehicle time card) बितरण गरी संचालनमा ल्याईएको छ । साथै सोही अवसरमा बिभिन्न सवारीका चालक, सहचालक र धनि गरी ६० जना लाई भेला जम्मा गरी सुरक्षित तरिकाले कसरी ओभरटेक गर्ने तथा ट्राफिकका चिन्हरुका बारेमा लगायतका बिभिन्न बिषयमा जनचेतना मुलक कक्षा संचालन समेत गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter